एमाले स्थायि कमिटी–संसद् अवरोध हटाएर सत्तारुढ दलसँग छलफल गरी अगाडि बढ्ने निर्णय

0

काठमाडौँ, २० पुस
नेकपा एमालेले संसद् अवरोध हटाएर सत्तारुढ दलसँग छलफल गरी अगाडि बढ्ने निर्णय गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा हिजो बसेको स्थायि कमिटी बैठकले संसद्को अवरोध हटाएर सत्तारुढ दलसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिनुभयो ।
बैठकले संविधान संशोधनसम्बन्धी सर्वोच्च अदालतको निर्णय स्वागतयोग्य भएको ठहर गरेको छ ।
सीमाङ्कनबाहेक सबै विषय संसद्को अधिकारमा पर्ने भएकाले सत्तारुढ दललाई संशोधन विधेयक फिर्ता लिन आग्रह गर्ने निर्णय बैठकमा भएको उपाध्यक्ष गौतमले बताउनुभयो ।
बैठकले सीमाङ्कनको हेरफेरसम्बन्धी विषय प्रदेशसभाको विषय भएकाले प्रदेशसभाले निर्णय नगरी सीमाङ्कनको निर्णय संसद्ले गर्न नमिल्ने निर्णय गरेको पनि गौतमले बताउनुभयो ।

Leave A Reply