उर्जा मन्त्रालयद्वारा नयाँ कार्ययोजना तयार

0

काठमाडौं, ४ बैशाख । ऊर्जामन्त्री जनार्दन शर्माले नेपालको बिजुली निर्यात गर्ने उद्देश्यसहित ऊर्जा मन्त्रालयले नयाँ कार्ययोजना तयार गरिसकेको बताउनुभएको छ ।

ऊर्जा मन्त्रालयद्धारा आज काठमडौंमा आयोजित नियमित विद्युत आपूर्तिको अर्थतन्त्रमा प्रभाव विषयक अन्तरक्रियामा ऊर्जामन्त्री शर्माले सन २०२२ सम्म नेपाललाई विकासशील मुलुक बनाउन सरकार लागिपरेको बताउनुभयो ।

ऊर्जामन्त्री शर्माले ऊर्जा उत्पादनमा विदेशमा छरिएर रहेका नेपाली, श्रमिक, कर्मचारी र विभिन्न नेपाली संघसंस्थाको पूँजीबाट मात्र पनि पर्याप्त बिजुली उत्पादन गर्न सकिने बताउनुभयो ।

उहाँले १० वर्षमा बीस हजार मेघावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढेको र त्यसका लागि सबै तह र तप्काको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अन्तरदेशीय प्रसारणलाइन व्यवस्थित गर्ने, प्रसारण र वितरण लाइन मजबुत बनाउनु तथा क्षमता वृद्धिमा ध्यान दिनु नै प्राधिकरणको प्रमुख चुनौती रहेको बताउनुभयो ।

निर्देशक घिसिङले नियमित विद्युत आपूर्ति र निर्यातमुखी योजना अबको लक्ष्य रहेको बताउनुभयो ।

Leave A Reply