उपचारको अभावमा सुत्केरीको मृत्यु

0

जाजरकोट, ३१ साउन । यहाँको दुर्गम नायकवाडा गाविस वडा नं २ जिरीकी ३४ वर्षीया वसन्ता विकको मृत्यु भएको छ ।

सुत्केरी बेथा लागेको लामो समय बिते पनि स्वास्थ्य संस्था नजिक नभएका कारण उपचार हुन नसकेको हो । सोमबार बिहान विकको सुत्केरी हुन नसकेर मृत्यु भएको सोही गाविसकै सुरेन्द्र सिंहले जानकारी दिनुभयो । जिरीबाट सिलिङ्गी स्वास्थ्य चौकी आउन ५ घन्टा लाग्ने गर्छ ।

Leave A Reply