उद्योगमन्त्री जोशी र चीनका उद्योग वाणिज्यमन्त्री झाङ बीच भेटवार्ता

0

काठमाडौँ, ४ कात्तिक । उद्योगमन्त्री नवीन्द्रराज जोशी र चीनका उद्योग वाणिज्यमन्त्री झाङ माओबीच बुधकार उद्योग मन्त्रालयमा नेपालको आर्थिक विकासमा चिनीयाँ सहयोग लगायतका द्विपक्षीय हितका विषयमा भेटवार्ता भएको छ ।

भेटपछि उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालमा लगानीलाई संरक्षण गर्न कानुनीरुपमा नै प्रत्याभूति दिने तरिकाले सरकार अगाडि बढिरहेको बारेमा चिनीयाँमन्त्रीलाई अवगत गराइएको बताउनुभयो ।

उद्योगमन्त्री जोशीले नेपालले निर्माण गर्न लागेको विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माणमा चिनीयाँ सहयोगका लागि आग्रह समेत गरिएको जानकारी दिनुभयो ।

त्यस अवसरमा चीनका उद्योग वाणिज्यमन्त्री झाङ माओले नेपालमा लगानी गर्न चिनीयाँ लगानीकर्ताहरु इच्छुक रहेको उल्लेख गर्दै नेपालमा साना तथा घरेलु उद्योगका क्षेत्रमा चिनीया प्रविधि उपयोग गर्नका लागि आवश्यक सहयोग गर्न समेत चीन तयार रहेको बताउनुभयो ।

Leave A Reply