उत्तरपश्चिम चीनमा पहिरोमा आठ बेपत्ता

0

चीन,४ वैशाख । चीन उत्तर–पश्चिम प्रान्त साआन्सी सोमबार गएको पहिरोमा परी आठ व्यक्ति बेपत्ता भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

साआन्सी प्रान्तको आन्काङ सहरको बैहे ग्रामीण इलाकामा रहेको एक सात तले भवन स्थानीय समयानुसार सोमबार बिहान ११ः५८ मा सो पहिरोको कारण भत्किएको देशको प्रचारप्रसार विभागले जानकारी दिएको थियो ।

यस भवनमा ११ घरपरिवारका ३९ व्यक्तिको बसोवास रहदै आएको थियो । प्रारम्भिक अनुसन्धानमा आठ व्यक्ति हराइरहेका जानकारी दिएको थियो ।

यस ग्रामीण इलाका गत एक हप्ता अगाडीबाट जारी भारी वर्षाको कारण पीडित थियो । यस घटना अनुसन्धानरत रहेको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

Leave A Reply