उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठन

0

काठमाडौँ, ८ बैशाख । सरकारले उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठन गरेको छ ।

बदलिँदो विश्व परिवेश सुहाउँदो परराष्ट्र नीतिको दस्ताबेज तयार गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि ठोस सुझाव दिन कार्यदल गठन गरिएको हो ।

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा मन्त्रिपरिषदबाट गठित कार्यदलमा अर्थ, कूटनीति, श्रम, कानुन, सुरक्षालगायतका विभिन्न क्षेत्रका १६ जना विज्ञ रहनुभएको छ ।

Leave A Reply