आशिष पत्रकारिता पुरस्कार निरौलालाई

0

इलाम, १ वैशाख । नेपाल पत्रकार महासङ्घ इलाम शाखाले यस वर्षको आशिष स्मृति पत्रकारिता पुरस्कारबाट ताप्लेजुङकी समाचारदाता सीता निरौलालाइ प्रदान गरेको छ ।

नेपाल पत्रकार महासङ्घका महासचिव उजिर मगरले उहाँलाई उक्त पुरस्कारबाट सम्मान गर्नुभएको हो ।

रेडियो नेपालका इलाम सम्वाददाता आशिष राईको २०५९ साल वैशाख १ गते इलामको माइखोलामा डुबेर मृत्यु भएको थियो । उहाँकै सम्झनामा पत्रकार महासङ्घ इलाम शाखाले आशिष स्मृति अक्षयकोष स्थापना गरी प्रत्येक वर्ष मेची अञ्चलका एक जना क्रियाशील पत्रकारलाईसम्मान गर्दै आएको छ ।

Leave A Reply