आर्थिक समाचार

0

काठमाडौं, ८ चैत्र
चालू आर्थिक वर्षको पहिलो सात महीनाको अवधिमा मुलुकको कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२.३ प्रतिशतले बढेर करिव ५९९ अर्ब ४३ करोड रुपियाँ पुगेको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याङ्क अनुसार, समीक्षा अवधिमा कुल निकासी ११.१ प्रतिशतले बढेर करिव ४२ अर्ब २२ करोड रुपियाँमा सीमित भएको छ भने कुल पैठारी ५६.८ प्रतिशतले बढेर करिव ५५७ अर्ब २१ करोड रुपियाँ पुगेको छ ।
चालु आर्थिकको समीक्षा अवधिमा समग्र निकासीमा सामान्य सुधार भए तापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापार घाटामा ६२.२ प्रतिशतले बढेर करिव ५१४ अर्ब ९९ करोड रुपियाँ पुगेको छ ।
केन्द्रका अनुसार, यस अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ऊनी गलैंचाको निर्यात ३ प्रतिशतले र तयारी पोशाकको निर्यात ७.२ प्रतिशतले घटेको छ भने फलाम तथा स्टील र तिनकाउत्पादनहरुको निर्यात १७.७ प्रतिशतले, पोलिष्टर तथा अन्य धागोको निर्यात ३३.८ प्रतिशतले र मुसुरोको दालको निर्यात २३.६ प्रतिशतले बढेको छ
यसैगरी, चालू आर्थिक वर्षको पहिलो सात महिनाको अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात १४४.६ प्रतिशतले, यातायातका साधन र तिनका पार्टपुर्जाको आयात १२२.६ प्रतिशतले, फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयात ८३.६ प्रतिशतले,े र इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामाग्रीहरुको आयात ४७.५ प्रतिशतले वृद्धि भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।
व्यवस्थापिका संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति अन्र्तगत गठित आपूर्ति तथा उपभोक्ता हित उपसमितिले साल्ट ट्रेडिङ्ग कर्पोरेशन, नेशनल ट्रेडिङ्ग लिमिटेड र नेपाल खाद्य संस्थानलाई उपलब्ध गराउन बाँकी सम्पूर्ण शोधभर्ना रकम एक महिनाभित्र सम्वन्धित संस्थानहरुलाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
उपसमितिका संयोजक सुभाषचन्द्र शाह ठकुरीको संयोजकत्वमा सोमबार सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्षदेखि दशै, तिहार र छठ जस्ता चाड पर्वहरुमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन, नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ्ग लिमिटेड लगायतका संस्थानहरुबाट सञ्चालन गरिने सहुलियत पसलहरुका लागि आवश्यक पर्ने अनुदानको रकम सम्वन्धित बजेट शीर्षकमा नै व्यवस्था गर्न गराउन समेत आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
नेपाल टेलिकमले आगामी केही दिनभित्रै उपभोक्ताहरुले अनुभूति गर्ने गरी टेलिफोन सेवामा सुधार हुने जनाएको छ ।
सोमबार काठमाडौमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाल टेलिकमका महाप्रबन्धक कामीनी राजभण्डारीले टेलिफोन सेवामा आएका समस्याहरुको समाधानका लागि हाल तिब्रताका साथ काम भइरहेको र केही दिनभित्रै उपभोक्ताले सेवामा सुधारको अनुभूति गर्ने बताउनुभयो ।
उहाँले उपभोक्ताहरुका गुनासा सुनुवाइका लागि कार्यदल गठन गरिएको र फोर. जी सेवालाई देशव्यापी बनाउने काम समेत अघि बढाइएको जानकारी दिनुभयो ।

Leave A Reply