आर्थिक समाचार

0

काठमाडौं, ६ चैत्र
यो साता नेपाली शेयर बजारको परिसूचक नेप्से साताको पहिलो दिनको तुलनामा २.११ अंकले बढेर अन्तिम दिन दिन १३५७.३४ अंकमा पुगेको छ । परिसूचक बढे पनि यो साताको कारोवार रकम भने २२.०९ प्रतिशतले घटेको छ ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १२७५९ कारोबारबाट एक अर्ब ७९ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरका ३८ लाख ५३ हजार एक सय ६० कित्ता सेयरहरु किनबेच भएका छन् ।
यसैगरी यो साता समूहगत परिसूचक तर्फ वित्त जलविद्युत,विमा,उत्पादनमूलक र अन्य समूहको कारोवारमा सुधार भएको छ भने बाणिज्य बैक होटेल र जलविद्युत समूहको कारोवार घटेको छ । यस साता स्टकमा कारोबार रकम र कारोबार भएको सेयर संख्याको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ कारोबार संख्याको आधारमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।
जपानका लगानीकर्ताहरुले नेपालमा १७ मेघावाटको जलविद्युत आयोजनामा लगानी गर्ने भएका छन् ।
जापानका भूतपूर्व प्रधानमन्त्री डा. यूकियो हातोयामाको नेतृत्वमा नेपाल आएको एक प्रतिनिधि मण्डलसंग नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको छलफल कार्यक्रममा जपानी पूर्वप्रधानमन्त्री डा. यूकियो हातोयामाले आफूले व्यक्तिगत तर्फबाट पनि नेपाललाई सहयोग गर्ने र १७ मेगावाट जलविद्युत आयोजनामा लगानी गर्न साथीहरु आउनु भएको बताउनु भयो ।
सोही अवसरमा डा. यूकियो हातोयामाले जापानमा मझौला स्तरका कम्पनीहरुले जापानको आर्थिक विकासमा धेरै ठूलो मद्धत गरेकाले नेपालका मझौला स्तरका कम्पनीहरुले जापानका ती कम्पनीहरुसँग सम्बन्ध अभिबृद्धि गर्न आग्रह गर्नु ।
कार्यक्रममा चेम्बरका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले नेपालको भौत्तीक पूर्वाधार निर्माणमा जापानी सहयोग महत्वपूर्ण हुने उल्लेख गर्दै जापानी उद्योगपति तथा व्यवसायीहरुले नेपालको पर्यटन, कृषि, जलविद्युत क्षेत्रमा लगानी गरेर फाइदा उठाउन आग्रह गर्नु भयो ।
वैदेशिक रोजगारीबाट फर्केका पाल्पा खानीछाप गाविसका युवाले तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।
सिँचाइको उपयुक्त सुविधा प्राप्त नभए पनि कडा श्रम र मेहनतका साथ गरेको तरकारीखेतीबाट राम्रो आम्दानी लिन थालेपछि त्यहाँका युवाहरु तरकारी खेती तर्फ आकर्षित भएका हुन । खानीछाप–५ का हीराबहादुर गाहा १२ वर्ष विदेशमा श्रम र पसिना पोखे पनि अन्त्यमा स्वदेशमै तरकारी खेतीतर्फ लाग्नुभयो । कतारबाट फर्केपछि एक रोपनी जग्गामा तरकारीखेती गरेर वार्षिक एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएकोे किसान गाहाको भनाई छ ।

Leave A Reply