आर्थिक समाचार

0

काठमाडौँ, २६ कात्तिक
उद्योगमन्त्री नबीन्द्रराज जोशीसँग नेपालका लागि एसियाली विकास बैंक(एडिबी)का देशीय निर्देशक केनिची योकोयामाले एडिबीको लगानीमा सञ्चालित आयोजनाको कार्यान्वयनका विषयमा छलफल गर्नुभएको छ ।

उद्योग मन्त्रालयमा बिहिबार भएको छलफलमा मन्त्री जोशीले एडिबीका लगानीमा सञ्चालित योजना प्राथमिकताका साथ अगाडि बढ्ने बताउनुभयो ।

आगामी फागुनको तेस्रो साता लगानी प्रवद्र्धन सम्मेलन गर्न लागिएकोमा त्यस विषयमा पनि देशीय निर्देशक योकोयामासँग छलफल भएका उद्योग मन्त्रालयले जनाएको छ ।

मन्त्री जोशीले सम्मलेनभन्दा पहिले नै नीतिगत सुधारलाई सकाएर रोजगारीमूलक उद्योगको प्रवद्र्धनलाई प्राथमिकता दिने बताउनुभएको थियो भनेृ एडिबी)का देशीय निर्देशक केनिची योकोयामाले उत्पादनमूलक क्षेत्रमा एडिबीले लगानी बढाउने बताउनुभएको मन्त्रालयले जनाएको छ।
जिल्ला कृषि विकास कार्यालय पाल्पाले १० जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ ।

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पाल्पा मदनपोखराका नगेन्द्रराज पाण्डे, रामपुरका सूर्यप्रसाद रेग्मी र पोखराथोकका लेखनाथ गैरेलाई पुरस्कृत गरिएको छ भने उत्कृष्ट कृषकतर्फ तानसेन–११ का माछापालक कृषक महेश्वर पन्त, देउरालीका मकै बीउ उत्पादक कृषक विष्णु नेपाल, खस्यौली–४ का तरकारी उत्पादक कृषक देवी मल्ल, छहरा–५ का सुन्तला जात फलफूल नर्सरी कृषक खिमबहादुर बगाले, तानसेन–९ का कफी उत्पादक कृषक रेवन्त विष्ट, खानीछाप–९ का मौरीपालक कृषक धर्मराज अधिकारी र मदनपोखरा–४ का सिताके च्याउ उत्पादक कृषक ओमप्रकाश श्रेष्ठ पुरस्कृत हुनुभएको जिल्ला कृषि विकास कार्यालय पाल्पाले जनाएको छ ।

Leave A Reply