आर्थिक समाचार ११–०५

0

उद्योग मन्त्री नवीन्द्र राज जोशिले भैरहवामा निर्माण गरिएको विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग सचांलनका लागी आवश्यक बिजुली तत्काल उपलब्ध गराइने बताउनुभएको छ विशेष आर्थिक क्षेत्र कार्यालयको बिहीबार भैरहबामा उदघाटन गर्नुहुंदै उद्योग मन्त्री जोशिले मुलुकको बढ्दो ब्यापार घाटा कम गर्न र स्वदेसमै रोजगारी सिर्जना गर्नका लागी सेज महत्वपुर्ण भएको बताउनुभयो ।

उद्योग मन्त्री जोशिले नयां सविधान जारी भएपछि मुलुक आर्थीक क्रान्ती तर्फ लागेको र अवको १० बर्षमा मजदुरी गर्न बिदेस जानु नपर्ने गरी उद्योग मन्त्रालयले योजनाबद्ध रुपमा काम सुरु गरेको बताउनुभयो ।

विशेष आर्थिक क्षेत्र विकास समितिका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले आर्थिक क्षेत्रभित्र गार्मेन्ट, इलेक्टीेकल, फेव्रिक, रबर तथा जुत्ता, तारजन्य उत्पादन, विद्युतीय गाडीको एसेम्बिलिङ लगायतका उद्योग खुल्ने जानकारी दिनुभयो ।

विशेष आर्थिक क्षेत्रमा स्थापना हुने उद्योगले कम्तीमा ७५ प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने प्रावधान रहेको छ ।

आगामी आर्थिक वर्षमा पूँजीगत खर्चलाई आर्थिक वर्षको शुरुदेखिनै तीब्रता दिनका लागि वजेट प्रस्तुत भएको भोलिपल्टै अख्तियारी निर्देशन पठाउने व्यवस्था गर्न लागिएको अर्थ मंत्रालयले जनाएको छ ।

बिहिबार रेडियो नेपालसंग कुरा गर्दै अर्थ मंत्रालयका सहसचिव एवं वजेट महाशाखा प्रमुख मधुकुमार मरासिनीले नयां संबिधानमा ब्यवस्था भए अनुसार जेठ १५ मा वजेट आउंदा पनि पूँजीगत खर्च अपेक्षा अनुसार नभएकोले आगामी आर्थिक वर्षमा वजेट प्रस्तुत भएको भोलिपल्टै अख्तियारी निर्देशन पठाउने तयारीमा मंत्रालय जुटेको बताउनुभयो ।

सहसचिव मरासिनीले आगामी बजेट तर्जूमा गर्दा भूकम्पपछिको पुनर्निर्माण, संघीयता कार्यान्वयन, ऊर्जा, सडक, सिंचाइ लगायतका पूर्वाधार निर्माण र बेरोजगारी समस्या समाधान लगायतका विषयहरुलाई प्राथमिकतामा राखिने बताउनुभयो ।

Leave A Reply