आर्थिक समाचार बैशाख–६

0

काठमाडौं, ६ बैशाख । नेपाल र अमेरिकाबीच भएको व्यापार तथा लगानी सम्झौता (टिफा)को तेस्रो बैठक बिहीबार काठमाडौंमा शुरु हुन लागेको छ ।

नेपालमा अमेरिकी लगानी आकर्षित गर्न तथा नेपाली वस्तु र सेवाको व्यापार विस्तारमा सघाउन टिफा सम्झौता भएको हो ।

बैठकमा भाग लिन अमेरिकी सरकारका उच्च अधिकारी पनि राजधानी आइसकेको वाणिज्य मन्त्रालयले जनाएको छ ।

नेपाली उत्पादनलाई अमेरिकी बजारमा प्रवद्र्धन एवम् बिक्री अभिवृद्धि गर्ने उद्देश्यले नेपाल र अमेरिकाबीच गत २०६८ सालमा टिफा सम्झौता भएको थियो ।

नेपाल उद्योग परिसंघले कर्जा अभाव र ब्याज दरको असन्तुलन हल गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ ।

परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवालको टोलीले बुधबार नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणि शिवाकोटीलाई भेट गरी निक्षेपकर्तालाई यथोचित प्रतिफल उपलब्ध गराई सुलभ दरमा कर्जा प्रवाहको वातावरण सृजना गर्न आग्रह गरेको हो ।

कर्जाको बढ्दो ब्याज दरले औद्योगिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता घटेर औद्योगिक उत्पादनमा संकुचन आउने, कुल गार्हस्थ उत्पादनमा ह्रास आउने र रोजगारीका अवसरहरुमा गिरावट आउने भन्दै यथाशीघ्र ती विषयलाई यथाशीघ्र सम्बोधन गर्न राष्ट्र बैंकलाई टोलीले आग्रह गरेको परिसंघले बुधबार जारी गरेको प्रेस–विज्ञप्तिमा जनाइएको छ ।

झापाको महारानीझोडा साना किसान कृषि सहकारी संस्था लिमिटेड रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार–२०१६ बाट पुरस्कृत भएको छ ।

मुलुकको कृषि प्रणालीमा चक्लाबन्दी शुरुवात गरेर आधुनिक कृषि प्रविधि प्रयोग गरी कृषि विकासमा अनुकरणीय योगदान पु¥याए वापत संस्थालाई एक लाख एकहजार १११ रुपियाँ राशीको पुरस्कार प्रदान गरिएको हो ।

महारानीझोडा साना किसान कृषि सहकारी संस्था, झापाले एक हजार ८४५ जना महिलालाई संगठित गराई ८० बिघा जमिनमा एकीकृत पध्दतिद्वारा चक्लाबन्दीको सुरुवात गरेर आधुनिक कृषि प्रविधि प्रयोग गरी आधुनिक ढंगले कृषि उत्पादन एवं व्यवसाय गर्दै आएको छ ।

Leave A Reply