आर्थिक समाचार बैशाख–०५

0

उद्योग मन्त्री नवीन्द्रराज जोशीले ८० प्रतिशत पूँजीगत खर्च गर्ने गरी काम अगाडी बढाउन उद्योग मन्त्रालय र मन्त्रालय अन्तरगतका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालय स्तरिय विकास समस्या समाधान समितिको बैठकलाई सम्वोधन गर्दै मन्त्री जोशीले मन्त्रालय र मन्त्रालय अन्तर्गतबाट प्रदान गरिने सेवालाई छिटो छरितो र पारदर्शी बनाउन पनि निर्देशन दिनुभयो ।

मन्त्री जोशीले आर्थिक परिवर्तनको सम्वाहक उद्योग मन्त्रालय बन्नुपर्ने उल्लेख गर्नुुभयो ।

त्यस अवसरमा उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोईरालाले पूँजीगत खर्चमा जोड दिन निर्देशन दिँद खर्च हुन नसक्ने आयोजनाको विवरण कारणसहित तत्काल उपलब्ध गराउन निर्देशन दिनुभयो ।

नेपालमा तेश्रो मुलुकबाट आउने मालसामानका लागि भारतीय रेल्वेले वैकल्पिक रेलमार्ग सञ्चालनमा ल्याएपछि महिनौंदेखि रेल्वे जाममा परेका नेपाली कन्टेनरहरु छिटोछरितो नेपालमा भित्रिन थालेका छन् । यसबाट मासिक लाखौं बचत भएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले बताउनुभयो ।

नेपाली कार्गो बोकेर वीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाहमा आउने रेल सेवालाई विशेष प्राथमिकतामा राखेर बैकल्पिक रेल मार्ग प्रयोग गर्ने व्यवस्था भारतीय रेल्वेले मिलाएको वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले बताउनु भयो ।

हाल कोलकताबाट वीरगञ्ज आउने रेल्वे कन्टेनर रेल्वे ट्राफिकमा बढी जाम हुने रुटहरुमा बैकल्पिक मार्ग प्रयोग गरी आउने गरेको पनि चौधरीले बताउनुभयो ।

डडेल्धुरा अमरगढी नगरपालिका–७ पोखराका महिला आजभोलि तरकारीखेती गरी आफैँ आत्मनिर्भर बन्दै गएका छन् ।

त्यहाँका महिला तरकारीखेतीबाट वार्षिक एक लाखदेखि दुई लाखसम्म आम्दानी गर्न सफल भएका अमरगढी–७ पोखराका अगुवा तरकारी व्यवसायी कौशिला भण्डारीले जानकारी दिनुभयो ।

Leave A Reply