आर्थिक समाचार फागुन–२५

0

काठमाडौं, २५ फागुन । नेपाल र अमेरिकाबीचको व्यापार तथा लगानी सम्र्झांता (टिफा) परिषद्को बैठक आगामी अप्रिलमा काठमाडौंमा गर्ने तयारी भइरहेको वाणिज्य मन्त्रालयले जनाएको छ ।

बुधबार रेडियो नेपालसँग कुरा गर्नुहुँदै वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपाल र अमेरिकाबी टिफा सम्झौता भएपछि दोस्रो पटक टिफा परिषद् बैठक बस्न लागेको र हाल त्यसका लागि तयारी भइरहेको बताउनुभयो ।

सचिव उपाध्यायले टिफा परिषद् बैठकमा अमेरिकाले नेपाललाई विभिन्न ६६ प्रकारका वस्तुमा दिएको शून्य भन्सार सुविधाको प्रभावकारी कार्यान्वयका विषयमा विस्तृत छलफल हुने जानकारी दिनुभयो ।

साथै नेपालमा अमेरिकी लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण, प्राविधिक सहयोग, शून्य भन्सार सुविधा पाउने बाहेकका अन्य वस्तुहरुका लागि समेत अमेरिकी बजारमा सहज पहुँच लगायतका विषयमा छलफल केन्द्रित हुने उहाँले बताउनुभयो ।

नेपालबाट गत आर्थिक वर्षमा करिव नौ अर्ब ३४ करोड रुपियाँ बराबरका वस्तु अमेरिका निर्यात गरिएको थियो भने करिव आठ अर्ब ७० रुपियाँ बराबरका मालवस्तु आयात गरिएको थियो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक सुयेश खनालका अनुसार अमेरिकासँगको व्यापारमा भने नेपाल नाफामा रहेको छ ।

लमजुङका एक दर्जनभन्दा बढी स्थानमा संचालित होमस्टेप्रति पछिल्लो समयमा पर्यटकहरुको आकर्षण बढ्दै गएको छ ।

आतिथ्यताका साथै गाउँघरका परम्परागत संस्कृति, रहनसहन, मौलिक उत्पादन तथा सेवाका कारण होमस्टेतर्फ पर्यटकहरुको आकर्षण बढदै गएको हो ।

लमजुङका घलेगाउँ, गाउँसहर काउलेपानी, घनपोखरा, नरुवाल, भुजङ, पसगाउँ, गिलुङ, सिउरुङ, खासुर, गहते, हिलेटक्सार, राइनास, ताघ्रिङको छापा, मिप्रा, सिंदुरे, पुरानकोट लगायतका एक दर्जनभन्दा बढी स्थानमा होमस्टे सञ्चालित छन् ।

Leave A Reply