आर्थिक विकासका लागि उत्पादन क्षेत्रमा लगानी

0

काठमाडौं, ४ चैत्र । उपप्रधान एवम् अर्थमन्त्री कृष्ण बहादुर महराले दिगो आर्थिका विकासका लागि विकास निर्माण र उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको छ ।

नागरिका लगानी कोषको २७ औं वार्षिकोत्सवको आज काठमाडौंमा उद्घाटन गर्दै अर्थमन्त्री महराले देश लामो समय संक्रमणकालबाट गुज्रिएकोले अब मुलुकको ध्यान आर्थिका सम्वृद्धितर्फ जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा मुख्य सचिव डा. सोमलाल सुवेदीले नागरिक लगानी कोषका बचतकर्ताहरुलाई बढीभन्दा बढी लाभ दिने गरी कोषले आफ्नो लगानीको क्षेत्र विस्तार गर्नुपर्ने बताउनुभयो ।

Leave A Reply