आमसञ्चार नीतिसम्बन्धी अन्तरक्रियाको आयोजना

0

विराटनगर, ५ वैशाख । सूचना तथा सञ्चार मन्त्रालयले आज विराटनगरमा राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयनको सन्दर्भमा आमसञ्चारसम्बन्धी कानुनी अवधारणा र आधारभुत व्यवस्थाहरु विषयक अन्तक्रिया आयोजना गरेको छ ।

कार्यक्रमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले आमसञ्चार माध्यमहरुलाई थप प्रभावकारी बनाउन राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयनमा ल्याउन लागेको वताउनुुभयो ।
राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन सुझाव समितिका अध्यक्ष काशीराज दाहालले राष्ट्रिय आमसञ्चार नीतिले सूचनाको हक,विचार अभिव्यक्तिलाई पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिका साथै पत्रकारिता क्षेत्रलाई उद्योगको रुपमा समेत मान्यता दिएको उल्लेख गर्नुुभयो ।

Leave A Reply