नेप्से परिसूचक ३९.६६ अङ्कले बढेर १ हजार ८४० विन्दुमा

0

काठमाण्डौ, ११ साउन २०७३ । नेपाल स्टक एक्चेन्जका अनुसार सोमवार नेप्से परिसूचक ३९.६६ अङ्कले बढेर १ हजार ८४० विन्दुमा पुगेको छ । स्टकमा सोमवार १४७ कम्पनीकोे कारोवार भएको छ ।

जसअनुसार सेयर बजारमा २ अर्ब २४ करोड २ लाख ९ हजार ६२४ रुपैया बराबरका ४७ लाख ४० हजार ९७२ कित्ता सेयर किनबेच भएका छन् । बजारमा सोमवार जलविद्युत् समूहबाहेक अन्य समूहको सेयर कारोबार बढेको छ ।

३ दिन लगातार बन्द भएर खुलेको सेयर बजारमा बैङ्किङ, होटल, विकास बैंक, फाइनान्स, बीमा, उत्पादनमुलक र अन्य समूहको कारोवार बढेको छ ।

Leave A Reply