असैनामा खानेपानी आयोजना निर्माण हँुदै

0

कञ्चनपुर, ७ पुस । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–४ असैनामा गैरसरकारी संस्था एमपिडिएसको आर्थिक सहयोगमा खानेपानी आयोजना निर्माणको कार्य भइरहेको छ । संस्थाको रु ६५ लाख र उपभोक्ताको रु तीनलाख बराबरको श्रमदानमा खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाइएको छ ।

विसं २०६९ देखि निर्माण कार्य प्रारम्भ गरिएको आयोजनाको रु १२ लाख ५० हजारमा ओभरहेड ट्याङ्की, रु आठ लाख ५० हजारको लागतमा बोरिङ जडानको कार्य पूरा भएको उपभोक्ता समितिका सचिव करनबहादुर ऐरले बताउनुभयो । विभिन्न समयमा भएका चक्काजाम, आमहडताल र आन्दोलनका कारण निर्धारित समयमै निर्माणको कार्य पूरा हुन नसकेको उहाँले बताउनुभयो ।

“चालु आवभित्रै निर्माणको कार्यलाई पूरा गर्नका लागि पाइपलाइन बिछयाउने कार्यलाई दु्रतगतिमा अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो । खानेपानी आयोजनाको कुल लागतमा नेपाल सरकारको बीस प्रतिशत अनुदानसमेत रहेको उहाँको भनाइ छ । आयोजना निर्माणपछि दुईसय ७८ घरघुरी प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । रासस

Leave A Reply