अवैध सालको काठ बरामद

0

बद्री पन्त
जाजरकोट २० फागुन । इलाका बन कार्यालय सिमा जाजरकोटले १२ थान अवैध सालको काठ बरामद गरेको छ । साल्मा ५ स्थित खाराबजारबाट सिमाको छेडाचौर तर्फ लैजादै गरेको उक्त काठ बरामद गरेको हो ।
कानुन विपरित लैजान लागेको उक्त काठ कोटीला सामुदायिक बन जुँगाथापाचौर ३ रिठेखोलाबाट भे १ त ६८४० नम्बरको ट्याक्टरमा लैजाना लागेको १२ गोलियाको १९.८ क्युफिट साल काठ बरामद गरेको जिल्ला बन अधिकृत उपेन्द्र प्रसाद पट्टेलले बताउनु भयो । साल्माका नरबहादुर बस्नेतले विक्री गरेर सिमा छेडाचौरका राजकुमार सिह ठकुरीले घर निर्माणको लागि लिदै गरेको अवस्थामा बिशेष सुचनाका आधारमा उक्त काठ नियन्त्रणमा लिएको पटेलको भनाइ छ ।
ट्याक्टर चालक जुँगाथापाचौर ३, का ४६ बर्षिय खडग बुढालाई नियन्त्रण लिई अनुसन्धान भइ रहेको छ । बरामद गरेका काठ र ट्याक्टर जिल्ला वन कार्यालयमा राखिएको छ । काठको मुल्य १३ हजार २ सय ६५ रहेको छ । बन ऐनको दफा ५० अनुसार बरामत विगो जफत हुने, विगोको दोब्बर जरीवाना र १ बर्ष कैद सजाँ“को ब्यबस्था भएको अधिकृत पट्टेलको भनाइ छ । यस अघि वन कार्यालयले सदरमुकामको एक फनिचर उद्योग भित्र लुकाई राखेको १ सय ९६ थान सालको चिरान काठ बरामद गरिएको थियो ।

Leave A Reply