अमेरिकी रक्षामन्त्री र इजिप्टका राष्ट्रपतिसँग भेट

0

इजिप्ट, ७ वैशाख । अमेरिकी रक्षामन्त्री जिम म्याटिसले इजिप्टका राष्ट्रपति अब्देल फतेह अल सीसीलाई बिहीबार भेटी अमेरिकी गठबन्धनलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । कायरोमा रहँदा रक्षामन्त्री म्याटिसले इजिप्टका अन्य उच्च पदस्थ अधिकारीसँग पनि भेट भएको छ ।

म्याटिसको इजरायल भ्रमणभन्दा पहिले भएको सीसीसँगको भेट केही हप्ता पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सीसीबीच भएको कुराकानीमा आधारित रहेको बताइएको छ । अमेरिकी रक्षामन्त्री म्याटिस र इजिप्टका राष्ट्रपति सीसीबीच क्षेत्रीय सुरक्षा चासोका विषयमा भेट केन्द्रित गरिएको इजिप्टका अधिकारीले बताएका छन् ।

सीसीको अमेरिका भ्रमणपछि ट्रम्पका पूर्ववर्ती बाराक ओबामाका समयमा चिसिएको सम्बन्ध सुधारमा महत्वपूर्ण भएको इजिप्टको बुझाइ छ ।

इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीलाई हटाउने सम्बन्धमा अभियानमा भएको सैनिक सहयोगपछि अमेरिका र इजिप्टबीचको बिग्रिएको थियो ।

ओबामाले यस विषयलाई लिएर इजिप्टलाई दिँदै आएको सैन्य सहयोग अस्थायी रुपमा रोक्नु निर्देशन दिनुभएको थियो ।

Leave A Reply