अफगानिस्तानमा १३ लडाकुको मृत्यु

0

अफगानिस्तान, ५ फागुन । अफगानिस्तानको पश्चिमी क्षेत्रमा भएको विषेश सुरक्षा कारबाहीमा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

जलालाबादमा भएको कारबाहीमा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले बिहीबार जनाएका छन् ।

रक्षा मन्त्रालयले इस्लामिक स्टेट (आईएस) आवद्ध तीन जना लडाकूलाई सरकारी सुरक्षा फौजले नियन्त्रणमा लिएको पनि जनाएको छ ।

पूर्वी प्रान्त नानगाहारको प्रान्तीय राजधानी जलालाबाद केन्द्रीय राजधानीदेखि झण्डै १२० किलोमिटर पूर्वमा पर्दछ ।

Leave A Reply