अफगानिस्तानको खोस्त प्रान्तमा बम विस्फोट, २ को मृत्यु

0

अफगानिस्तान, ४ चैत । अफगानिस्तानको उत्तरी प्रान्त खोस्तको सवारी जिल्लाको याक्उबी क्षेत्रमा रहेको एक सैनिक शिविरमा भएको कारबम विस्फोटमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ ।

यस आक्रमणमा परी आक्रमणकारी स्वयम र अन्य एक सैनिक अधिकारीको व्यक्तिको मृत्यु भएको सो स्रोतले जानकारी दिएको छ ।

उत्तरी प्रान्त खोस्तको सवारी जिल्लाको याक्उबी क्षेत्रको सैनिक शिवर अगाडि भएको यस बम आक्रमण स्थानीय समयाअनुसार शुक्रबार बिहान ०७ बजे भएको जनाइएको छ ।

यस आक्रमणमा परी एक अफगान सैनिकले ज्यान गुमाउनु साथै अन्य सात जना घाइते भएका सैनिक अधिकारी अब्दुल्ललाहले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ ।

यस विस्फोटमा आक्रमणकारी स्वयमको मृत्यु भएको जनाइएता पनि यस विस्तृत विवरण भने जानकारी दिइएको छैन् । यस आक्रमणको अनुसन्धान भइरहेको सम्बन्धित अधिकारीले जानकारी दिएको छ ।

Leave A Reply