अन्तर्राष्ट्रिय टेबल–टेनिस प्रतियोगिताकालागि नेपाली टोली भारत प्रस्थान

0

काठमाण्डौँ, ७ चैत २०७३ । आर.एस एन्ड सी.सी डायमन्ड जुब्ली आमन्त्रण अन्तर्राष्ट्रिय टेबल–टेनिस प्रतियोगितामा सहभागी हुन १० खेलाडीसहित १२ सदस्यीय नेपाली टोली आइतबार भारतको सिलोङ प्रस्थान गरेको छ ।

यहि चैत १० देखि १२ गतेसम्म हुने प्रतियोगतामा समान ५ पुरुष र ५ महिला खेलाडीहरुले २१ वर्ष मूनि उमेरसमूहमा सिंगल्स, डबल्स, मिक्स र टिम स्पर्धामा सहभागिता जनाउने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

पुरुष खेलाडीमा राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ, मणिकुमार लामा, रितिज जोशी, विपुल महर्जन र नारायण घिमिरे रहेका छन् ।

महिला खेलाडिमा सोनु थापा मगर, सिक्का सुवाल, गीता अर्याल, सुजाता दुवाल र मन्जु सुवाल रहेका छन् । प्रशिक्षकमा सञ्जय अर्याल तथा टिम व्यवस्थापकमा शिव देउजा रहेका छन् ।

– परेश सापकोटा

Leave A Reply