अन्तःशुल्क स्टिकरको दुरुपयोग हुन नदिन राजश्व विभागलाई निर्देशन

0

काठमाडाँै, ८ माघ । अर्थ मन्त्रालयलले अन्तःशुल्क स्टिकरको दुरुपयोग हुन नदिनका लागि तत्काल अनुसन्धान गरी कारवाही अगाडि बढाउन आन्तरिक राजश्व विभागलाई निर्देशन दिएको छ ।

शुक्रबार रेडियो नेपालसँग कुरागर्दै अर्थसचिव डा. शान्तराज सुवेदीले अन्तःशुल्क स्टिकरको दुरुपयोग हुन नदिन र दुरुपयोग गर्नेहरुमाथि कानून बमोजिम कारवाही गर्न विभागलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।

यसैबीच आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले ग्लूसहितको अन्तःशुलक स्टिकर पुनप्र्रयोगको सम्भावना नरहेको र सूर्तीजन्य केही पदार्थमा प्रयोग हुने साधारण स्टिकरमा मात्र त्यस्तो समस्या हुन सक्ने भएकाले विभागले त्यस सम्बन्धमा अनुगमन गर्न सबै कार्यालयहरुलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

महानिर्देशक शर्माले आगामी एक–डेड महिनाभित्र अत्याधुनिक प्रविधिमा आधारित सुरक्षित अन्तःशुल्क स्टिकर भिञ्याई प्रयोगमा ल्याइने र त्यसपछि भने त्यस्ता समस्या नआउने स्पष्ट गर्नुभयो ।

Leave A Reply